ब्रेकिङ न्युज
प्रकाशित मिति: August 3,2019
कल्पनामा उनीलाई बेरि रहन्छु हरदिन
पल्लविको निद सायद आएन कुनैछिन ।
कठोर मनको भारि वर्षा हुँदै थियो जब
बिच बाटोमै विछोडिई पराई भयो तब ।।
नत रह्यो विस्वासनिय आत्मा दृढतामा
बाचि रहनु बाध्य भए पलपल घृणतामा ।
दुनियाँमा हाँसो छाउन कठिन भयो राजा
शुन्यतामा एक्लो पारि छाडि गयौ आज ।।
तिम्रै यादले सताउछ सपनि बिपनिमा
खुशि रहु जुनिजुनि तिमी रहन्छौ जहाँ ।
स्वर्गवास भयौ भने नरक मै गैदिउँला
अर्को जुनि कसम राजा तिम्रै भैदिउँला ।।
नानिमाया सुनुवार
ताप्ली गाउँपालिका ४, ठानागाउँ उदयपुर