ब्रेकिङ न्युज
प्रकाशित मिति: August 3,2019
पर्देशीलाई सम्झी सँधै रुन्छीन रे उनी
वन पाखामा सँधै एक्लै हुन्छीन रे उनी ।
कल्पनाको तिर्खा कत्ति मिठो जिन्दगीको
झस्कीएर सपनीमा मलाई छुन्छीन रे उनी ।
वर्षौ वर्ष विति सक्यो एकान्तमा टोलाएको
हरपल पर्देशीको कथा व्यथा गुन्छीन रे उनी ।
झुक्याउँदा आउँछु भनि पर्देशीले उनलाई
पलपल तट्पीएर आँशुले मुख धुन्छीन रे उनी ।
मोहन सुनुवार
कटारी नगरपालिका १, खसिवास उदयपुर