ब्रेकिङ न्युज
प्रकाशित मिति: July 17,2019
काठमाडौं। नेपाल राष्ट्र बैंकले संचालन गर्दै आएको ‘ग्रामिण स्वावलम्बन कोष’ निजी क्षेत्रलाई हस्तान्तरण गरेको छ ।
बुधबार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. युवराज खतिवडाको उपस्थितिमा एक कार्यक्रमको आयोजना गरी नेपाल राष्ट्र बैंकले सो कोष साना किसान विकास लघुवित्त वित्तिय संस्था लिमिटेडलाई हस्तान्तरण गरेको हो । ३० वर्षदेखि नेपाल राष्ट्र बैंकले संचालन गर्दै आएको सो कोषलाई अझै प्रभावकारी ढंगले संचालन गर्न साना किसान विकास लघुवित्त संस्थालाई हस्तान्तरण गरिएको नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले जानकारी दिए ।
कार्यक्रममा बोल्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत डा. शिवराम कोइरालाले नेपाल राष्ट्र बैंकले विश्वास गरेर हस्तान्तरण गरेको सो कोषको परिचालन गरी मुलुकलाई समृद्ध बनाउने सरकारको अभियानमा सघाउ पु¥याउने प्रतिवद्धता व्यक्त गरे ।
२०४७ साल फागुन १७ गते मन्त्रीपरिषद बैठकको निर्णयबाट स्थापना गरिएको सो कोषमा करिव १ अर्व पूँजी रहेको पनि गभर्नर नेपालले बताए ।