ब्रेकिङ न्युज
प्रकाशित मिति: August 17,2018
लेखौं लेखिरहौं लेखेहुन्छ भलो लेखेर केहि होला !
नलेखि बसेत अबुझ भइनेभो ब्यर्थै जानेभो चोला !!
लेखेरै हुनेहो देखेर के होला सत्यासत्य पारख !
लेखैबाट बुझिलेउ मनुष्य भै त्यसैमा छ सारत !!
लेख्छ सत्य जो देखेभरको बन्नेछ उ सज्जन !
लेख्छ मिथ्या बिषय जो दासमतिले हुनेछ त्यो दुर्जन !!
लेख्नेकला लेखेरै बुझिएला नलेखे के थाहा होला !
लेखेन जसले लेख्नैपर्ने थियो जो उसै बेथाहा होला !!
लेखन लेख हे लेखक जनहो लेखी बुझाईदेउ !
लेख्दा पो लेखले देखाउँछ बाटो लेखी सुझाइदेउ !!
यम प्रसाद पोखरेल
हाल धुम्बाराही, काठमान्डौं ।