ब्रेकिङ न्युज
प्रकाशित मिति: March 27,2017
चैत्र १३
दक्षिण कोरिया
दक्षिण कोरियामा रहेका कलाकार राई एल बिक्रमले नेपाल र कोरियाका सबै भन्दा ठूलो मुद्रा बनाएका हुन् । कराकार राई विगत ४ बर्ष देखि दक्षिण कोरियामा कामको सिलसिलामा बस्दै आएका छन् । राईले आपूmलाई फुर्सद भएको समयमा कलाकारितालाई समय दिने गरेका छन् । आप्mनो खाली समयको सदुपयोग गरी नेपाल र कोरियाको सबैभन्दा ठूलो मुद्राको चित्र तयार गरेका हुन् । नेपालमा प्रयोग हुने सबै भन्दा ठूलो मुद्रा एक हजार हो भने कोरियाको पचास हजार वन हो । त्यस्तै कोरियामा दश, पचास, सय, र पाँच सय सम्मको सिक्का हुन्छन भने एक हजार, पाँच हजार, दश हजार वन देखि पचास हजार वन सम्मको मुद्रा प्रयोग गरिन्छ । नेपालमा रुपैया भनिए जस्तै कोरियामा वन भनिन्छ ।