ब्रेकिङ न्युज


#राजनीति

के प्रेस विज्ञप्ति निकालेर अपराधी खोज्दै जाने परम्पराको सुरुवात भएको हाे ? : सांसद खतिवडा

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: January 21,2023


RatoParkhalके प्रेस विज्ञप्ति निकालेर अपराधी खोज्दै जाने परम्पराको सुरुवात भएको हाे ? : सांसद खतिवडा

ईखबर माघ ७ शनिबार/नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले हत्यारा करार गरिएका एमाले सांसद लक्ष्मी कोइरी महतोलाई पक्राउ गर्न नसकेको भन्दै आपत्ति जनाउनु भएको छ । 

गृहमन्त्री लामिछानेले संसदमा आफूसँगै उपस्थित  एमाले सांसद महतोलाई पक्राउ गर्नुको साटो गृहमन्त्री लामिछानेले प्रेस विज्ञप्ति निकाल्न लगाएर केटाकेटीपन प्रर्दशन गरेको भन्दै आक्रोश समेत व्यक्त गर्नुभयो । शनिबार प्रतिनिधिसभा बैठकको सुरुवातमै बोल्दै सांसद खतिवडाले अपराधीलाई पक्राउ गर्नुको साटो प्रेस विज्ञप्ति निकाल्दै जाने हो भने यसले देशलाई कुन अवस्थामा पुर्‍याउने हो भन्ने प्रश्न समेत गर्नु भयो ।

उहाँले के गृहमन्त्री लामिछानेलाई प्रहरीले टेर्न छोडेको हो भन्दै तत्काल त्यसको जवाफ समेत माग गर्नु भयो ।

सांसद खतिवडाले भन्नु भयो, ‘भर्खरै गृह मन्त्रालयबाट एउटा पत्र सार्वजनिक भएको सूचना आयो । नेपालको इतिहासमा अपराधीलाई खोज्दै जाँदा प्रेस विज्ञप्ति निकालेर खोज्दै जाने परम्पराको सुरुवात भएको छ । यो गृह मन्त्रालयको पदभार ग्रहण गर्नु भएका धेरै मन्त्रीहरु आज यो संसदमा हुनुहुन्छ । गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, रक्षा मन्त्रालयजस्तो संवेदनशील मन्त्रालयमा कतिपय विषयमा प्रेस विज्ञप्ति निकालेर अपराधी खोज्ने परिपाटीको विकास भयो भने देश कहाँ जाने हो रु सभामुख महोदय । बडा चिन्ताको विषय बनेको छ । के देशको गृहमन्त्रीलाई प्रहरी प्रशासनले टेर्न छोडेको हो रु मौखिक रुपमा सूचना दिँदा कोही अपराधीलाई पक्राउ नगर्ने परम्पराको सृजना भएको हो रु के अझै पनि जनतालाई फेरी ढाँट्नका लागि यो सूचना प्रकाशित गरिएको हो रुु

सांसद खतिवडाले गृहमन्त्री लामिछानेको पासपोर्ट छानबिनको विषय पनि संसदलाई जानकारी गराउन रुलिङ गर्न आग्रह गर्नु भयो । उहाँले गृहमन्त्री लामिछानेलाई सस्तो लोकप्रियताका लागि जनतालाई ढाँट्ने, छल्ने काम नगर्न पनि सचेत गराउनु भयो ।


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो