ब्रेकिङ न्युज


#अपराध

खोटाङमा १७ वर्षीय बालिका मृत अवस्थामा फेला

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: January 16,2023


RatoParkhalखोटाङमा १७ वर्षीय बालिका मृत अवस्थामा फेला

ईखबर माघ २ सोमबार/खोटाङमा विद्यालयबाट घर फर्कनेक्रममा एक बालिका मृत अवस्थमा फेला परेकी छन् । सोमबार बिहान घर जजिकैको खन्युको फेदमा हलेसी तुवाचुङ नगरपालिका–७, महादेवस्थान काभ्रेकी १७ वर्षीय रञ्जिता दाहाल मृत्य अवस्थमा फेला परिकी हुन् ।

आइतबार दिउँसो घर फर्कनेक्रममा सम्पर्कविहिन बनेकी बालिकाको शव खन्युको फेदमा पासो चुँडिएर खसेको जस्तो अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी मञ्जिल मुकारुङले बताए । आगामी माघ ३ गते देखि विद्यालयमा आयोजना गरिएको नगरस्तरिय भलिबल, फुटबल र नृत्य प्रतियोगीताको तयारीका लागि रञ्जिता गाउँकै साथीसँग विद्यालय पुगेकी थिइन् । बालिका महेन्द्रोद्धय माबि हलेसीमा कक्षा १० मा अध्ययनत थिईन् ।

प्रतियोगीताको तयारी सकेपछि उनी साथीसँगै दिउँसो साँढे तीन बजेतिर घर फर्केकी थिइन् । बाटैमा पर्ने साथीको घरमा रोटी खान आग्रह गर्दा हतार छ भन्दै रोटी बोकेर हिँडेकी बालिका घरभन्दा करिब दुई सयमिटर टाढा मृत फेला परेकी हुन् ।

घट्नास्थलमा पातलो सलको टुक्रा घाँटीमा र एक टुक्रा सल रुखको हाँगामा रहेको अवस्थामा शव भेटिएको महादेवस्थानका वडाध्यक्ष कमल गिरीले बताए । ओठ, आँखा, घाँटीमा चोट देखिएकाले घटनालाई शंकास्पद मानिएको वडाध्यक्ष गिरीले बताए ।

शवको पोष्टमार्टमपछि बालिकालाई ‘हत्या गरेर झुण्ड्याइएको जस्तो बनाउन खोजिएको वा आफै झुण्डिएको’ विषय खुल्ने डिएसपी मुकारुङले बताए । घटनाको वियषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो