ब्रेकिङ न्युज


#सामाजिक

माघेसंक्रान्ति देखि १५ दिन लाग्दै आएको त्रिवेणी मेलाको तयारी तिब्र

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: January 12,2023


RatoParkhalमाघेसंक्रान्ति देखि १५ दिन लाग्दै आएको त्रिवेणी मेलाको तयारी तिब्र

ईखबर पुस २८ बिहिबार/उदयपुरको कटारी नगरपालिका वडा नम्बर २ खोक्सा स्थित त्रिवेणीमा माघेसंक्रान्तिदेखि १५ दिन लाग्दै आएको त्रिवेणी मेलाको तयारी तिव्र पारिएको छ । माघेसंक्रान्ति नजिकिंदै गर्दा मेलामा व्यवसायीहरुले धमाधम स्टल निर्माण गरिरहेका छन् ।
ककरु , तावा र कमला नदीको संगलमस्थल त्रिवेणीमा परापूर्वकालदेखि नै मेला लाग्दै आएको बुढापाकाहरु बताउँछन् । २ दशकअघिसम्म यो मेला माघमहिनाभरी लाग्ने गर्दथ्यो । पूर्वाञ्चलमै सवैभन्दा लामो समय लाग्ने मेलाको रुपमा परिचित यो मेलालाई मैनी मेला समेत भनिन्छ ।

यहाँ माघेसंक्रान्तिदेखि मकर नुवाई पुजा आराधना गर्नाले चिताएको पुग्ने जनविश्वासका कारण नेपालका प्रदेश १ , मधेस प्रदेश , वागमति प्रदेशका अलावा भारतबाट समेत तिर्थालुहरु आउने गर्दछन् । यहाँ भाकल गरेअनुसारको पशुपंक्षी वलि दिनाले चिताएको पुग्ने जनविश्वास रहेको छ ।
द्वन्दकालपछी भने यहाँ १५ दिनमात्रै मेला लाग्दै आएको छ । द्वन्दकालमा केहि प्रभावित भएपनि निरन्तर संञ्चालनमा रहेको यो मेला कोरोनाकालमा पनि केहि प्रभावित भएको थियो । यसपटक मेलालाई धुमधामका साथ संञ्चालनको तयारी रहेको मेला व्यवस्थापक नरबहादुर तामाङ्गले बताउनुभयो ।
विगतमा पहाडका उत्पादन विक्री गर्ने र तराईका आवश्यक सामाग्री पहाडमा पठाउने किनवेच गर्ने मेलाका रुपमा यस मेलालाई लिईन्छ । विगतमा घोडा दौड , स्थानीय उत्पादनलाई प्रमुख आकर्षणका रुपमा लिईन्थ्यो ।
विस्तारै यो मेला अन्य व्यापारिक मनोरञ्जनात्मक मेलाको रुपमा संञ्चालन हुँदै गएको छ । पटक पटक स्थानीय सरकार गठनपछी यसको महत्वलाई संरक्षण गर्दै महोत्सवको रुपमा संञ्चालन गर्ने आवाज उठेपनि स्थानीय सरकारले यसलाई संञ्चालनमा ल्याउन सकेको छैन् ।
टेण्डर आव्हान गरेर संञ्चालनमा आउन लागेको मेला यसपटक सयपत्री ईन्टरटेनमेन्ट प्रालि झापाले संञ्चालन गर्दैछ । त्यसैगरी त्रिवेणी स्पोर्ट क्लव खोक्साले सहयोगी भूमिका निर्वाह गर्नेछ । ईन्टरटेनमेन्ट प्रालिले यसपटक राष्ट्रिय कलाकारहरुको प्रस्तुति समेत नियमित राख्ने जनाएको छ ।


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो