ब्रेकिङ न्युज
प्रकाशित मिति: January 10,2023
ईखबर पुस २६ मंगलबार/बालिका बलात्कारको आरोपमा उदयपुरका एक युवालाई प्रहरीले ललितपुरबाट पक्राउ गरेको छ । ललितपुर महानगरपालिका–२८ हरिसिद्धी बस्ने २८ वर्षीय सुरेन्द्र बहादुर राईलाई प्रहरीले पक्राउ गरेको हो ।
शुक्रवार १२ वर्षीया बालिकालाई आफ्नै कोठामा लगेस बलात्कार गरेको उजुरीको आधारमा राईलाई प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।