ब्रेकिङ न्युज


#सामाजिक

उदयपुरमा सवारीसाधनको चेकजाँचमा कडाई

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: January 6,2023


RatoParkhalउदयपुरमा सवारीसाधनको चेकजाँचमा कडाई

ईखबर पुस २२ शुक्रबार/उदयपुरमा सवारीसाधनको चेकजाँचमा कडाई गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुर र यातायात व्यवस्था विभाग उदयपुरको संयुक्त टोलीले जिल्लाको विभिन्न स्थानमा चेकजाँचमा कडाई गरेको हो ।
आज मात्र टोलीले कटारीका विभिन्न स्थानमा चेकजाँच गरेको छ । सवारी दुर्घटना न्युनिकरण गर्ने उद्येश्यले चेकजाँचमा कडाई गरिएको ट्राफिक प्रहरी पोष्ट कटारीका ईन्चार्ज सहायक प्रहरी निरिक्षक दिपक कोईरालाले बताउनुभयो ।
कटारी ३ र ५ को सिमानामा पर्ने राधाकृष्ण मन्दिर र कटारी ४ को सिम्लेमा ईलाका प्रहरी कार्यालय , ट्राफिक प्रहरी पोष्ट , जिल्ला ट्राफिक प्रहरी कार्यालय तथा यातायात व्यवस्था कार्यालय उदयपुरको टोलीले चेकजाँच गरेको थियो ।
चेकजाँचका क्रममा विभिन्न नीजि तथा यात्रुवाहक , मालवाहक सवारीसाधनहरुले पनि आवश्यक कागजात साथमा नलिई आउजाउ गरेकोले कार्वाही गरिएको पनि प्रहरीले जनाएको छ । जिल्लामा नियमित रुपमा छड्के तथा नियमित चेकजाँच गरिने पनि प्रहरीले जनाएको छ ।
चेकजाँचका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरका ईन्चार्ज वरिष्ठ प्रहरी नायव निरिक्षक लोकबहादुर दियाली , यातायात कार्यालयका अधिकृत सुवास अधिकारी लगायतको टोली कटारी आईपुगेको हो । 


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो