ब्रेकिङ न्युज


#सामाजिक

गाईघाट मेनचोकमा निर्माण गाईको मुर्तिको कुल बजेट १९ लाख

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: January 5,2023


RatoParkhalगाईघाट मेनचोकमा निर्माण गाईको मुर्तिको कुल बजेट १९ लाख

ईखबर पुस २१ बिहिबार/उदयपुरको सदरमुकाम गाईघाटको मेनचोकमा आकर्षक गाईको मुर्ति खडा गरिएको छ । गाईघाटको पहिचानलाई झल्काउनेगरी निर्माण गरिएको उक्त मुर्ति बजारको मुख्य चोकमा अवस्थित छ । त्रियुगा नगरपालिकाको लगानीमा निर्माण गरिएको मुर्तिको लागि १९ लाख रहेको पिके जभी कन्ट्रक्सनले जनाएको छ ।

त्रियुगा नगरपालिकाका मेयर वसन्त बस्नेतका अनुसार उक्त मुर्तिका लागि ३० लाखको टेन्डर आह्वान गरिएको थियो । टेन्डर खुलाईपछि ग्लान पिके जेभी कन्ट्रक्सनको पिके निर्मानले उक्त मुर्तिको काम १९ लाखमा गर्ने गरी ठेक्का लिएको जनाए। गाईको मुर्तिले गाईघाटको पहिचानलाई झल्काएको जनाईएको छ । पहिले यस ठाउँमा गाईहरुले पानीखाने घाट रहेको र उक्त भनाई अनुसारनै यस ठाउँलाई गाईघाट नामकरण गरिएको पुर्खा र अग्रजहरुको भनाई छ । धेरै समयदेखी गाईघाटको पहिचान झल्कीने गरी मुर्तिहरु खडा गर्न खोजिएपनि सफल भएका थिएन् ।

गाईको मुर्ति स्थापनाका लागि केहि संस्थाहरुले महोत्सव समेत चलाएका थिए । उक्त ठाउँमा त्रियुगा नगरपालिकाका पहिलो मेयर लालशेर राईको समेत शालिक खडा गर्ने भन्ने हल्ला चल्यो तर जातिय पहिचान नमान्ने भन्दै उक्त कार्य सफल हुन सकेन् । पछि सोही ठाउँमा गाईको मुर्ति भने खडा गरिएको छ । कन्ट्रक्सनका प्रोपाईटर पर्लाद कार्किका अनुसार उक्त गाईको मुर्ति इटहरीको कला केन्द्रमा निर्माण गरिएको जनाए । गाईको मुर्तिमा फाईबर ग्लास प्रयोग गरिएको कार्कीले जनाको छ । उक्त सामाग्री भारतबाट उपलब्ध हुने जनाए ।

उक्त संरचनामा बिशेषगरी तिन चिज महत्वपूर्ण रहेको कार्कीले जनाए । गाईको मुर्ति, घडी र सिसि क्यामेरा त्यहाँको महत्वपूर्ण र आकार्षकको केन्द्र रहेको जनाए । कार्कीका अनुसार गाईको मुल्य ४ देखी ५ लाख सम्म पर्न गएको जनाए । यसैगरी घडिको मुल्य साडे ६ लाख र सिसि क्यामेराको मुल्य साडे ५ लाख रहेको जनाए । घडी भारतबाटै मगाईएको हो । मुर्तिका लागि संरचना निकै मजबुद बनाईएको कार्कीले बताए । उक्त संरचनाको जग करिब ८ फिट मुनि गाडिएको छ । जम्मा १६ फिटमा निर्माण भएको उक्त संरचना तल ८ फिट गाडिएको छ भने माथी ८ फिट उठाईएको निर्माण कम्पनीले जनाएको छ ।
 


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो