ब्रेकिङ न्युज


#सामाजिक

कटारीमा जंगली हात्तीको आतंक

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: January 2,2023


RatoParkhalकटारीमा जंगली हात्तीको आतंक

ईखबर पुस १८ सोमबार/कटारी नगरपालिकामा जंगली हात्तीले घर भत्काउँदै हिनेपछी स्थानीय त्रसित वनेका छन् । आईतबार राति कटारी , ३ ताराघारी स्थित नरेन्द्र वलम्पाकी मगरको वाँसको टाटीले बेरेको घर भत्काई पूर्ण रुपमा क्षति पुराएको सदावहार सामुदायिक वन उपभोक्ता समूहका सचिव मिनबहादुर सुनुवारले बताउनुभयो ।
त्यसैगरी मगरसँगै घर रहेको स्थानीय विष्णु सापकोटा र फुलमाया परियारको घरमा समेत क्षति पुराएको पनि सचिव सुनुवारले बताउनुभयो । तीनदिन अघिदेखि जिल्लाकै पूर्वीभेगको गाईघाट ,नेपालटारहुँदै कटारी नगरपालिका तर्पm जंगली हात्ती प्रवेश गरेको डिभिजन वन कार्यालय कटारी ९त्रिवेणी०का प्रमुख डिभिजन वन अधिकृत विष्णुलाल घिमिरेले बताउनुभयो ।“कोशीटप्पुबाट आएको हुनसक्ने अनुमान छ पूर्व झापातिरबाट पनि आएको हुनसक्छ ।”अधिकृत घिमिरेले भन्नुभयो –“चर्दै र रमाउँदै पनि जंगली हात्ती आएको हुनसक्छ ।”
घिमिरेका अनुसार कटारी , ३ को सुगाजोर सामुदायिक वनहुँदै सदावहार वनमा प्रवेश गरेकोसम्म सुचना प्राप्त भएको छ । जंगली हात्ती गाउँगाउँमा देखिएपछी तीनदिनदेखि स्थानीय त्रासमा छन् ।
आईतबारसाँझ कटारी , ५ मा देखिएको जंगली हात्ती डिभिजन वन कार्यालय , ईलाका प्रहरी कार्यालय , शसस्त्र प्रहरी वेश क्याम्पका सुरक्षाकर्मी र स्थानीयले वन क्षेत्र तर्पm नै धपाएको ईलाका वन कार्यालय कटारीका प्रमुख प्रहरी नायव उपरीक्षक रविन कार्कीले बताउनुभयो । “ताराघारीमा नरेन्द्र मगरको वाँसको टाटीले बनेको घर भत्काएको छ । ”प्रमुख कार्कीले भन्नुभयो ।
यसगाउँहरुमा वर्षेनी हिउँदको समयमा जंगली हात्ती आउने र अन्नपात खाईदिने , घर भत्काईदिने गरेको स्थानीय बताउँछन् । यस पटक तीनवटा हात्ती आएको स्थानीयले बताएपनि एउटा मात्रै हात्ती देखिएको पनि प्रमुख कार्कीले बताउनुभयो । पूर्ववाट आएको हात्ती सिन्धुलीसम्म पुगेर फर्किने गरेको पाईएको वन कार्यालयका प्रमुख घिमिरेले बताउनुभयो ।हात्ती निस्किएपछी गाउँलेहरु रातभर आगो वाल्ने तथा सुरक्षित स्थानमा वस्ने गरेका छन् । दिउँसो जंगलमा वस्ने हात्ती साँझ परेपछि भने गाउँमा पस्ने गरेको स्थानीय वताउँछन् ।

 


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो