ब्रेकिङ न्युज


#सामाजिक

शौर्य सिमेन्ट विक्रीमा रहेको समाचारप्रती सिमेन्ट उद्योगद्वारा ध्यानाकर्षण

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: December 31,2022


RatoParkhalशौर्य सिमेन्ट विक्रीमा रहेको समाचारप्रती सिमेन्ट उद्योगद्वारा ध्यानाकर्षण

ईखबर पुस १६ शनिबार/विगत केहिदिनदेखि शौर्य सिमेन्ट ईण्डष्ट्रिच विक्रीमा भएको समाचारहरु वाहिरिएपछी शौर्य सिमेन्टले भ्रामक तथा निराधार भन्दै ध्यानाकर्षण भएको जनाएको छ । एक विज्ञप्ति जारी गर्दै सिमेन्टले मुलुकका तीन प्रतिष्ठित घराना शंकर , अम्बे र गोल्छा ग्रुपको लगानीमा २०७७ फागुनबाट संञ्चालन आएको सिमेन्टले गुणस्तरीय उत्पादनका कारण छोटो समयमा नै बजार ओगट्न सफल भएको जनाएको छ ।
सिरहाको मिर्चैयामा अवस्थित सिमेन्टले बजारको माग अनुसार पर्याप्त सिमेन्ट उत्पादन गर्दै आएको र आर्थिक रुपमा सुदृढ रहेको भन्दै विक्रीमा नरहेको पनि विज्ञप्ति मार्पmत स्पष्ट पारेको छ । अर्नराष्ट्रियस्तरको प्रोडक्सन प्लान्ट तथा उदयपुरको उत्कृष्ट चुनढुंगाबाट तयार गरिएको गुणस्तरीय सिमेन्ट उत्पादन गर्दै आएको विज्ञप्तिमा उल्लेख गरेको छ ।
मिर्चैयामा रहेको उद्योगले कटारीबाट चुनढुंगा ढुवानी गर्दै आएको छ ।


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो