ब्रेकिङ न्युज


#अपराध

ओखलढुंगामा ५ बर्षीय नाबालकको हत्या आरोपमा १२ वर्षीय मामालाई पक्राउ

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: December 27,2022


RatoParkhalओखलढुंगामा ५ बर्षीय नाबालकको हत्या आरोपमा १२ वर्षीय मामालाई पक्राउ

ईखबर पुष १२ मंगलबार/जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले नातामा भान्जा पर्ने ५ बर्षीय नाबालकको हत्या आरोपमा १२ वर्षीय मामालाई पक्राउ गरेको छ । जिल्लाको मोलुङ गाउँपालिका ७ पात्लेका ५ वर्षीय नाबालक साङ्गे शेर्पाको हत्या अभियोगमा उनका १२ वर्षीय मामा पक्राउ परेको छ । गत शुक्रबार घरबाट खेल्न बाहिर निस्किएका नाबालक शनिबार साँझ घर नजिकैको जंगलमा मृत अवस्थामा भेटिएका थिए । घटनाको जानकारी पाएपछि नजिकैको प्रहरी टोलीले घटना स्थलमा पुगेर प्रारम्भीक अनुसन्धान गरेको थियो ।

शुक्रबार दिउँसो नजिकैको जंगलमा दाउरा काट्न हिँडेका मामा संगै खेल्दै भान्जा पनि पुगेका थिए । त्यसैक्रममा आफुले लगाएको काम गर्न नमान्दा आवेगमा भान्जालाई लौरोले प्रहार गर्दा घटना घटेको जनाएको छ । खेल्ने क्रममा चिप्लेर लड्दा मृत्यु भएको हुनसक्ने आंकलन गरिएको भएपनि शरीरका विभिन्न भागमा कुटपिट भएको जस्तो चोटपटक देखिएपछि प्रहरीले हत्या भएको हुनसक्ने आशंका गरेको थियो । थप प्रमाण र घटनाको छानबिन गर्ने क्रममा उनकै मामा पर्ने १२ वर्षीय बालकले घटना घटाएको खुल्न आएको थियो ।

घटनामा संलग्न भएको पाईएपछि उनलाई सोमबार साँझ घरबाटै नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक केशब अधिकारीले जानकारी दिए । उनका अनुसार प्रहरी नियन्त्रणमा रहेका ती बालकले प्रहरीसमक्ष घटना आफैँले घटाएको बताएको छ । मृतक नाबालक शेर्पाको शब कानुनी प्रक्रिया पुरा गरी पोष्टमार्टम पश्चात परिवारलाई जिम्मा लगाइसकिएको छ भने घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो