ब्रेकिङ न्युज


#सामाजिक

किरात समूदायको उधौली कटारीमा पनि मनाईयो

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: December 8,2022


RatoParkhalकिरात समूदायको उधौली कटारीमा पनि मनाईयो

ईखबर मंसिर २२ बिहिबार/किरात समूदायको उधौली आज  कटारीमा पनि मनाईएको छ । किरात राई यायोक्खा नगर कमिटी कटारीको आयोजनामा विगतमा झै धुमधामका साथमा उधौली मनाईएको हो ।
कटारी ३ स्थित राजावासको दक्षिणपट्टी रहेको साकेला थानमा सामूहिक रुपमा भेला भई उधौली मनाईएको हो । उधौली मनाउन भेषभुषामा सजिएर आएका किराती समुदायले धुमधामका साथमा साकेला नाचेर उधौली मनाएका हुन् ।
सामुहिक रुपमा शुभकामना आदान प्रदान तथा ढोल झ्याम्टाका साथमा साकेला नाच्दै राई समुदायले उधौली मनाएका हुन् ।


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो