ब्रेकिङ न्युज


#सामाजिक

पत्रकार गजेन्द्र राई पक्राउको विरोध गर्दै खोटाङमा आन्दोलन

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: December 3,2022


RatoParkhalपत्रकार गजेन्द्र राई पक्राउको विरोध गर्दै खोटाङमा आन्दोलन

ईखबर मंसिर १७ शनिबार/पत्रकारहरुले खोटाङ पत्रकार गजेन्द्र राई पक्राउको विरोध जनाएको छ । साईबरक्राईमको मुद्धामा पक्राउ परेको राईलाई विनासर्त रिहाई गर्नुपर्ने माग सहित आन्दोलन गरेको हो । देशैभर बिरोध जनाउने निर्णय अनुसार खोटाङमा कार्यक्रम सुरु गरिएको छ । उदयपुरका पत्रकारहरु सहितको टोलीले खोटाङबाट आन्दोलन सुरु गरेको हो । आन्दोलनमा उनिहरुले समाजमा भएको विक्रिती विसंगतीलाई थप प्रोत्साहन गर्ने हिसावमा प्रहरीले पत्रकार राईलाई पक्राउ गरिएको आरोप लगाएको छ । समाजमा पत्रकारको कलमलाई बन्द गराउने प्रयास सँगै प्रहरीले नकरात्मक मान्छेहरुको पक्ष लिएको जनाए । राईलाई प्रहरीले मंसिर १० गते उदयपुरबाट पक्राउ गरी काठमाडौँ पुराएको छ । समचार लेखेकै भरमा पत्रकारलाई पक्राउ गर्न नहुने भन्दै चर्को आन्दोलन गरिएको हो । पत्रकार माहासंघ उदयपुरका अध्यक्ष भरत खड्का, लगायत उपाध्यक्ष पर्शुराम थापा, पूर्वउपाध्यक्ष भोटराज राई समेतको उपस्थितिमा आन्दोलन गरिएको हो ।


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो