ब्रेकिङ न्युज
प्रकाशित मिति: December 1,2022
ईखबर मंसिर १५ बिहिबार/कटारी कटारी ३ राजावासका स्थानीयले राजावासबाट फोहोर फाल्ने ठाउँ अन्यत्र सार्न ज्ञापन पत्र वुझाएका छन् । आज राजावास टोल विकास संस्थाका अध्यक्ष विजयकुमार अधिकारी हस्ताक्षरित ज्ञापन पत्र कटारी नगरपालिकाका उपमेयर गिता खड्कालाई बुझाउँदै स्थानीयले १५ दिन भित्रमा अन्यत्र ल्याण्डफिल्ड साईड व्यवस्था नगरे फोहोर वोक्ने गाडी रोकेर प्रतिकारमा उत्रिन बाध्य हुने उल्लेख गरिएको छ ।
पटक पटक राजावासबाट साईड हटाउन नगरपालिकामा मौखिक तथा लिखित माग गर्दा समेत सुनुवाई नभएको प्रति खेद प्रकट गरिएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ । राजावासमा वस्ती नजिकै जथाभावि फोहोर फाल्दा स्थानीयले समस्या हुने गरेको बताउँदै आएका छन् ।
बजार नजिकै अव्यवस्थित तवरले फालिएको फोहोरका कारण राजावास गाउँका गाउँलेले समस्या भोग्नु परेको स्थानीय युवा देव ढुंगेलले बताउनुभयो । ‘दुर्गन्ध पैmलिन्छ , गाउँमा भात खान सक्ने अवस्था छैन् , रोगहरु फैलिने गर्छ , भिंmगा भन्किने जस्ता समस्या छन् ।’ढुंगेलले भन्नुभयो –‘फोहोर त्यहाँ नराख्न पटक पटक नगरपालिकामा गयौं तर सुनुवाई भएन् ।’
बजार नजिकै फालिएको फोहोरका कारण बजारमा समेत प्रदुषण वढ्ने गरेको छ । फोहोर फालिएको ठाउँ नजिकै शसस्त्र वेश क्याम्प , बौद्ध गुम्बा र वस्ती छ । फोहोर फालिएको खोलापारी कटारी बजार छ ।यसको उचित समस्या समाधानका लागि राजावासका स्थानीयले पटक पटक नगरपालिकामा डेलिगेसन बुझाएका छन् । सबैखाले फोहोर नगरपालिकाको सवारीसाधनले यहि राजावासको डाँडामा ल्याएर फाल्ने गरेको छ । अन्य सवारीसाधनहरुले समेत यहि फोहोर फाल्ने आगो लाउने गर्दा स्थानीयलाई समस्या हुने गरेको छ ।