ब्रेकिङ न्युज
प्रकाशित मिति: November 30,2022
ईखबर मंसिर १४ बुधबार/उदयपुरको सदरमुकाम गाईघाटमा त्यहाँको पहिचान झल्काउने गाईको प्रतीक निर्माण गरिएको छ । गाईघाट बजारको मुख्य चोकमा बाच्छोसहितको गाईको स्तम्भ राखिएको हो ।
उक्त प्रतीकलाई चारै दिशाबाट अवलोकन गर्न सकिनेछ । जिल्लाको केन्द्रमा राखिएको गाईको प्रतीकले गाईघाट मात्र नभई सिङ्गो उदयपुरकै पहिचानको आभास दिलाउनेछ ।
त्रियुगा नगरपालिकाको लगानीमा गाईको प्रतीकसहितको स्तम्भ निर्माण भएको हो । यसको रङ्ग रोगनसहितको फिनिसिङ र उद्घाटनको काम भने बाँकी नै छ ।