ब्रेकिङ न्युज


#सामाजिक

महिला हिंसा विरुद्धको १६ दिने अभियान कटारीमा पनि सुरु

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: November 25,2022


RatoParkhalमहिला हिंसा विरुद्धको १६ दिने अभियान  कटारीमा पनि सुरु

ईखबर मंसिर ९ शुक्रबार/अन्र्तराष्ट्रिय महिला हिंसा अन्त्य दिवस आज कटारीमा पनि १६ दिने महिला हिंसा विरुद्धको अभियान सुरु गरिएको छ । विश्वभर अन्तर्राष्ट्रिय महिला दिवस ८ मार्चमा मनाउने गरिएको छ । महिला हिंसा अन्त्य दिवस आजको दिन मनाउने गरिए पनि यो १६ दिनसम्म चल्ने कार्यक्रम हो । आजदेखि १० डिसेम्बरसम्म चल्ने विभिन्न अभियान, कार्यक्रमहरु सन्चालन हुन्छन् ।
यसै अवसरमा कटारीमा पनि विभिन्न कार्यक्रमहरु गरिन्दैछ ।कटारी नगरपालिकाको आयोजनामा कटारीमा आज नगरको १४ वटै वडा , भूगोलपार्क , नगरपालिकाको कार्यालयमा जनचेतनामूलक व्यानर राखिएको छ । त्यसैगरी महिला हिंसा गर्दिन भन्ने प्रतिवद्धता सहित सेतो रिवन वितरण गरिएको नगरपालिकाका उपमेयर गिता खड्काले बताउनुभयो ।
नगरमा अभियान प्रभावकारी बनाउन जनप्रतिनिधि तथा सरोकारवालाहरुसँग छलफल गर्ने , अभिमूखीकरण कार्यक्रमहरु तथा वक्तत्वकला प्रतियोगिताको आयोजना गरिने पनि उपमेयर खड्काले बताउनुभयो । 


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो