ब्रेकिङ न्युज


#निर्वाचन

उदयपुरको क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा तर्फको मतगणना सकियो एमालेका अम्बरबहादुर रायमाझी विजयी

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: November 22,2022


RatoParkhalउदयपुरको क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा तर्फको मतगणना सकियो एमालेका अम्बरबहादुर रायमाझी विजयी

ईखबर मङ्सिर ६ मंगलबार/उदयपुरको क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा तर्फको मतगणना सकिएको छ । परिणाम अनुसार यस क्षेत्रमा नेकपा एमालेका अम्बरबहादुर रायमाझी विजयी भएका छन् । रायमाझीले १५ हजार २ सय ५१ मत ल्याएर विजयी हासिल गर्दा निकटतम् प्रतिष्पर्धि सत्तागठबन्धनका उमेद्वार एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले १२ हजार ८ सय ९३ मत ल्याए । त्यसैगरी स्वतन्त्र उमेद्वार रामकुमार राई १० हजार ३ सय मत ल्याउँदै तेस्रो भए ।
निर्वाचन अधिकृतको कार्यालय कटारीका निर्वाचन अधिकृत जीवन कुमार भण्डारीका अनुसार यस क्षेत्रमा कुल ४४ हजार ८ सय ७५ मत खसेको थियो । ४ गाउँपालिका र १ नगरपालिका सहित ५ स्थानीय तह रहेको यस क्षेत्रमा रायमाझी विजयी भएका हुन् ।
सोमबारदेखि यस क्षेत्रको मतगणना सुरु भएको थियो । यहाँ प्रतिनिधि सभाका लागि २ स्वतन्त्र सहित १२ जनाको उमेद्वारी परेको थियो । प्रतिनिधि सभाको मतगणना सकिएसँग्र अव प्रदेश सभा तर्पmको मतगणनाको तयारी गरिएको छ । कटारी स्थित उदयश्री बहुमूखी क्याम्पसमा मतगणना भएको हो ।


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो