ब्रेकिङ न्युज
प्रकाशित मिति: November 18,2022
ईखबर मंसिर २ शुक्रबार/मंसिर ४ मा हुन गईरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका दिन अति आवश्यक रुपमा प्रयोग गरिने सवारी साधन बाहेक अरु सवारी साधन चलाउन रोक लगाईएको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष एवम् शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न सो नियम लागु गरिएको हो ।
यद्यपि मतदानका दिन बिरामी बोकेको एम्बुलेन्स, खानेपानीको याङ्कर, दमकल, दुध ढुवानी गरिने साधन, सूचना तथा प्रचार विभाग, प्रदेश सरका मातहतको सञ्चार प्राविधिकरण, सञ्चारकर्मीले प्रयोग गर्ने सवारीका लागि पासको आवश्यता नपर्ने प्रमुख जिल्ला अधिकारी बिनोद कुमार पोखरेलले बताए । त्यस्तै, दुर सञ्चार तथा केवल सेवामा प्रयोग हुने सवारी, शव वाहक, अस्पतालका कर्मचारीले प्रयोग गर्न सवारी, पर्यवेक्ष, अवलोकनकर्ता, अनुगमनकर्ताले प्रयोग गर्ने सवारी पनि चलाउन अनुमति दिएको पोखरेलले बताए ।
फोहो बोक्न, फलपुल तरकारी बोक्ने, बहुपक्षीय विकास साझेदार संस्थाहरु, हरियो नम्बर प्लेट भएका गाढी, सुरक्ष कर्मीले प्रयोग गर्ने, मतदान स्थलमा खटिएका कर्मचारीले प्रयोग गर्ने सवारी साधनको लागि पनि पास आवश्क पर्दैन । साथै शारिरिक रुपले असक्त भएका अपाङ्ग व्यक्ति, वृद्धवृद्धाका केन्द्रसम्म पुर्याउन सम्बन्धित मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको कार्यालयबाट सवारी सञ्चालन अनुमति लिनुपर्ने जिल्लाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।