ब्रेकिङ न्युज


#सामाजिक

विश्वबजारमा कोइलाको अभाव हुँदापनि बन्द भएन उदयपुर सिमेण्ट उद्योग

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: September 12,2022


RatoParkhalविश्वबजारमा कोइलाको अभाव हुँदापनि बन्द भएन उदयपुर सिमेण्ट उद्योग

ईखबर भदौ २७ सोमबार/रुस युक्रेनको युद्वको कारण अन्तरास्ट्रिय बजारमा कोइलाको भाउ दोब्बर भन्दा बढी वृद्धि भयो र त्यसको प्रभाव नेपालमा पनि पर्न गयो । दोब्बर मुुल्यबृद्धिले नेपाली बजारमा कोइलाको अभाव खड्कियो । खासगरी सिमेण्ट उद्योगले क्लिंकर बनाउन कोइलाको प्रयोग गर्दछ । कोइलाबाट १४ सय सेण्टिग्रेड तापक्रममा चूनढुंगा, रातोमाटो र आइरन ओरको समिश्रणलाई पकाउनु पर्ने हुन्छ ।
विश्व बजारमै कोइलाको मुुल्यले आपुुर्तीमा प्रभाव परेपछि अहिलेसम्म पनि सहज बन्न सकेको छैन । यस्तो अवस्थामा सरकारी उद्योग भएर पनि उद्योग बन्द हुुन नदिन उपाय अपनाइएको पाइएको छ । गत आर्थिक वर्षमा व्यवस्थापन र प्राविधिक कर्मचारीहरुको मद्दतबाट उद्योग सञ्चालनको लागि कोइलाको जोहो राम्रो देखिएको छ । उद्योगका महाप्रबन्धक गोपीकृष्ण न्यौपानेको नेतृत्वमा उच्च व्यवस्थापनले छलफल गरी पहिलेदेखि स्टक राखिएको करीब ६ हजार २ सय मेट्रिक टन कोइला जमिनमुनीबाट उत्खनन गरि नयाँ खरिद भएको कोइलामा मिश्रण गरि प्रयोगमा ल्याइयो । जसको कारण बजारमा कोइला अभाव हुुँदा पनि उद्योग सञ्चालन सम्भव भएको उद्योगले जनाएको छ । सामान्यतय १ किलो कोइलाबाट ४ देखि ४ दशमलब ५ किलो क्लिंकर बन्ने गर्छ । यसरी पुरानो कोइला र नयाँ कोइलाको मिश्रण गरि क्लिंकर उत्पादन गर्दा उल्लिखित मापदण्ड बमोजिम नै उत्पादन भएको क्लिंकर बिभागले जनाएको छ । यसरी उत्पादन गरेको सिमेण्टको गुणस्तर पनि नेपाल गुणस्तर मापदण्ड बमोजिम रहेको प्रयोगशाला बिभागीय प्रमुख असल राईले बताए ।
बर्षाको बेला स्वभाविक रुपले जाम हुुने गरेपनि कोइला वा अन्य कच्चापदार्थको गुणस्तरको कमीले जाम हुुन नदिएको उद्योगको दावी छ । क्लिंकर बनाउने क्लिनमा रेड स्पोट आएकोले ईट्टा फेरेपछि एक दुई दिनमै फायरिङ्ग हुन्छ र उत्पादन शुरु हुुने गरेको राईले स्पष्ट पारे ।
खरिद प्रक्रियालाई पारदर्शी बनाउन सार्वजनिक खरिद कार्यालयको वेबसाईटबाट अन्तराष्ट्रिय प्रतिष्पर्धाबाट खरिद गर्ने प्रणाली शुरु गरेपछि सूचना चुहिने जोखीम कम भएको प्रशासन महाशाखा प्रमुख कमल पौडेलले बताए । माग फाराम भर्दा तलदेखि माथि र जाँच पास गर्दा तलदेखि माथिसम्म सबैलाई जिम्मेवार बनाइएकोले अधिकांश खरिद सिल्ड टेण्डर वा टेण्डर प्रक्रियाबाट मात्र खरिद भएकोले स्वच्छ प्रतिष्पर्धा र पारदर्शिता भएको उद्योगका खरिद बिभाग प्रमुख गम्भिरजंग खत्री बताउछन् । कोइला लगायत अन्य कच्चापदार्थको प्रयोगशालाबाट सेम्पल लिएपछि मात्र प्रयोगमा ल्याउने गरिएको, सेम्पल टेष्टमा तोकिएको पारामिटर अनुसार नभए कानुनसम्मत सो बराबरको तौल असुली गर्ने गरिएकोले उद्योगलाई फाइदौ हुने बताइएको छ ।
हाल प्राविधिक रायको आधारमा जापानको कावासकी हेभी इक्वीप्मेण्टस इण्डष्ट्रीजले उद्योग स्थापना गर्दा तोकेको मापदण्ड सबै लागू गर्न सुरु गरिएकोले अझ बढी पारदर्शिता र उद्योगलाई खरिदमा स्वच्छ प्रतिष्पर्धा भइ फाइदा पुगिरहेको निमित्त प्रशासन डिजिएम महेश प्रसाद शाहले जानकारी गराए । उनका अनुसार खर्चमा मितव्ययिता अप्नाइएको छ । स्टोर्समा बर्षौदेखि रहेका सामानहरुको प्रयोगलाई प्राथमिकता दिएको छ । गेटदेखि उत्पादनसम्म कण्ट्रोल गरेकोले नै बन्द हुन लागेको उद्योग संचालनमा आएको र आर्थिक बर्ष २०७८÷७९ मा थोरै भएपनि फाइदा तर्फ गएको उद्योगको दावी छ । जुन गत आ। ब। २०७७÷७८ मा रु। ३० करोड नोक्सानी थियो । नेपाल फाइनान्सीयल रिपोर्टिङ स्टाण्डर्डस बमोजिम सम्पत्ति र दायित्वको मूल्यांकन गरि आ। ब। २०७७÷७८ सम्मको रु। ५ अर्ब ५० करोडको नोक्सानी कट्टा गरि रु। ५६ करोड संचित नाफा भएको हो ।
शाहका अनुसार २०७९ असार महिनामा लाहानस्थित बिद्युत प्राधिकरणको ट्रान्सर्फमरमा आएको समस्याले गर्दा करीब १५ करोडको बिक्री कम भएकोले नगद प्रवाहमा केही समस्या आएको उद्योगले जनाएको छ । संचालक समिति र महाप्रबन्धक यसको समाधानका लागि लागि परेको जनाइएको छ । छिट्टै समाधान हुने र महशुुल भुक्तानी नियमित हुने उद्योगले जनाएाको छ ।
भर्खरै नियुुक्त अध्यक्ष केशब कुमार बस्नेत लगायत दुुई बिज्ञ सदस्य र पाँच सदस्य, अर्थ मन्त्रालय र उद्योग मन्त्रालयका प्रतिनिधि दुुई र महाप्रबन्धक सदस्य सचिव रहनेगरी ११ जनाको संचालक समिति गठन भएको छ । यसअघिको संचालक समितिले गरेका नीतिगत निर्णयहरुले खर्च मितव्ययियता र बिक्रि बढाउन मद्दत गरेकोले नै उद्योग नाफा उन्मुख भएको उद्योगले जनाएको छ । नवगठित संचालक समितिले गत आर्थिक बर्षमा दैनिक ४ हजार बोराबाट दैनिक ७ हजार ४०० बोरा उत्पादन पुर्याएकोमा अब पूरा क्षमता अर्थात दैनिक १६ हजार ८ सय बोरा पुर्याउन तथा दैनिक ६ हजार बोरा सिमेन्ट उत्पादन थपी क्षमता बिस्तार तर्फ गएको उद्योगले जनाएको छ । उद्योगका महाप्रवन्धक गोपीकृष्ण न्यौपालेका अनुुसार सो को लागि आबश्यक लगानी जुटाउन उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय र अर्थ मन्त्रालयमा पहल भैरहेको र छिट्टै सकारात्मक निर्णय हुने विश्वास लिइएको छ ।

 


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो