ब्रेकिङ न्युज


#सामाजिक

कटारी नगरपालिकामा वृहत सरसफाई अभियान अन्तर्गत आज कटारी अस्पताल परिसरमा सरसफाई ।

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: September 10,2022


RatoParkhalकटारी नगरपालिकामा वृहत सरसफाई अभियान अन्तर्गत आज कटारी अस्पताल परिसरमा सरसफाई ।

ईखबर भदौ २५ शनिबार/कटारी नगरपालिकामा वृहत सरसफाई अभियान अन्तर्गत आज शनिबार कटारी अस्पताल परिसरमा सरसफाई गरिएको छ । कटारी नगरपालिकाको सहयोगमा साथी समूह कटारीले अभियान सुरु गरेको थियो ।अभियान अन्तर्गत आज कटारी अस्पत्ताल परिसरको सरसफाई गरिएको हो । 
समूहका सदस्य देव ढुंगेलका अनुसार समूहले प्रत्येक शनिबार नगरपालिकाको कटारी बजार क्षेत्रका विभिन्न स्थानहरुमा सरसफाई गर्नेछ ।
सरसफाई अभियानमा समूहमा आवद्ध युवाहरु , कटारी स्थित विभिन्न शिक्षण संस्थाका विद्यार्थीहरु , जनप्रतिनिधिहरु तथा सरोकारवाला निकायका पदाधिकारीहरु सहभागी हुने गरेका छन् ।
अभियानमा कटारीका विभिन्न संघसंस्थाहरुले पनि सघाएका छन् । अभियानले बजार क्षेत्रका फोहोरहरुको सफाई सुरु गरेको हो ।अभियानमा वन विज्ञान क्याम्पस कटारीमा विद्यार्थीहरुले पनि सघाउँदै आएका छन् । द ईको कन्जरभ्यान्सी अन्र्तगत विद्यार्थीहरुले सरसफाईमा सहयोग गरेका हुन् ।


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो