ब्रेकिङ न्युज


#सामाजिक

सप्तकोशी नदी उदयपुरको वस्ती छिर्न थालेपछि स्थानीयहरु त्रसित

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: August 3,2022


RatoParkhalसप्तकोशी नदी उदयपुरको वस्ती छिर्न थालेपछि स्थानीयहरु त्रसित

ईखबर साउन १८ बुधबार/उदयपुर र सुनसरी बिच बग्ने सप्तकोशी नदीले उदयपुरको वस्तीलाई असर गर्न थालेको छ । लगतारको बर्षाले एरिया भन्दा बढी पानी बग्न थालेपछि नदी वस्ती तर्फ लागेको हो । नदी कटान सँगै त्यहाँको स्थानीयहरु त्रसित बनेको छ । नदीले उदयपुरको सयौँ घरहरुलाई विस्थापित बनाएको छ । अहिले वस्तीलाई सुरक्षित स्थान तर्फ सार्ने काम पनि भैरहेको छ ।

 

यहाँको स्थानीय प्रशासन, सुरक्षा निकायहरु सहितको उपस्थितिमा स्थानीय सरकारहरुले यसलाई ध्यान दिने काम गरिरहेको छ । स्थानीय तथा वुद्धिजिविहरुले वस्तीलाई तत्कालै सुरक्षित स्थानमा स्थानतरन गराउनु पर्ने माग समेत गरेको छ । नदीमा पानीको बहाव हिजो दिउँसो ४ बजे मापन गर्दा २ लाख ३३ हजार ६ सय ३५ क्युसेक पुगेको थियो भने ब्यारेजका ३५ ढोका खोलिएका छन । बेलका नगरपालिकाको डुम्रीबोटे बाट सप्तकोसी बस्ती तर्फ पस्ने खतरा बढे संगै जोखिम क्षेत्रका स्थानीयहरुलाई सुरक्षित स्थानमा सार्ने काम हिजै बाट भैरहेको छ । 


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो