ब्रेकिङ न्युज


#दुर्घटना

उदयपुरमा जिप दुर्घटना : गाउँपालिका अध्यक्षसहित दुईजना घाईते

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: July 24,2022


RatoParkhalउदयपुरमा जिप दुर्घटना : गाउँपालिका अध्यक्षसहित दुईजना घाईते

ईखबर साउन ८ आइतबार/उदयपुरमा आज जिप दुर्घटना हुँदा दुईजना घाईते भएका छन् । सोलुखुम्बु नेचासल्यान गाउँपालिका–१ का ३२ वर्षीय झमक विक र ५४ वर्षीय धनजन राई घाईते भएका हुन् । घाईते राई सोही गाउँपालिकाका अध्यक्ष हुन्, भने विक जिपचालक हुन् ।
मदन भण्डारी लोकमार्गको त्रियुगा नगरपालिका–७ चिसापानी खण्डमा बोलेरो जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय उदयपुरमा कार्यरत इन्सपेक्टर मोहन थापाले बताए । थापाका अनुसार झापाबाट सोलुखुम्बुतर्फ जाँदै गरेको प्रदेश ३–०१–०१०२३ च ५८ नम्बरको जिप अनियन्त्रित भई दुर्घटना भएको हो । घाईते दुवैको जिल्ला अस्पताल उदयपुरमा उपचार भईरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो