ब्रेकिङ न्युज


#सामाजिक

उदयपुरमा चौथो लहरको कोरोना सुरु, स्वास्थ्यकर्मी सहित २ जनामा पुष्टी

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: July 22,2022


RatoParkhalउदयपुरमा चौथो लहरको कोरोना सुरु, स्वास्थ्यकर्मी सहित २ जनामा पुष्टी

ईखबर साउन ६ शुक्रबार/उदयपुरमा पनि चौथो लहरको कोरोना सुरु भएको छ । जिल्ला हस्पिटल उदपुरका अनुसार आज दुईजनामा कोरोना पुष्टि भएको जनाएको छ । त्रियुगा नगरपालिका १० बोक्सेकी २० बर्षिया महिला र जिल्ला हस्पिटल उदयपुरमै कार्यरत एक स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको हस्पिटलले जनाए ।

उनिहरुलाइ ज्वरो आएपछि कोरोना चेक गरिएको थियो । हस्पिटलका अनुसार  एन्टीजेन्ट टेष्ट गर्दा कोरोना फेला परहेको जनाईएको छ । केहि समय शान्त रहेको कोरोना नेपालमा फेरी सुरु भएको छ । भर्खरै नेपाललमा कोरोना संक्रमण बाट लामो समय पश्चात एक व्यक्तिले ज्यान समेत गुमाएको छ ।

पहिलो पटक चौथो लहरको कोरोना पुष्टि भएको छ । पहिलो चोटी यसरी अचानक  चौथो लहरको कोरोना फेला परे सँगै सम्पूर्ण जिल्लावासीहरुमा सचेत रहन हस्पिटलले आग्रह समेत गरेको छ । स्वास्थ्यका मापदण्ड अनुसार हिड्डुल गर्न र अनिवार्य मास्कको प्रयोग गर्न अनुरोध गरेको छ ।


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो