#सामाजिक

कटारीमा पनि धान दिवश मनाईयो

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: June 29,2022


RatoParkhalकटारीमा पनि धान दिवश मनाईयो

ईखबर असार १५ बुधबार/कटारीमा पनि १९ औं राष्ट्रिय धान दिवश मनाईएको छ । आज असार पन्ध्र धान दिवशको अवसर पारेर कटारीमा एक कार्यक्रमकावीच धान दिवश मनाईएको हो ।
कटारी स्थित नगर कार्यापालिकाको कार्यालय कटारी र हाम्रो सामुदायिक विऊ वैंक कटारीको संयुक्त आयोजनामा दिवश मनाईएको हो । दिवशको अवसरमा कटारी , ४ चिम्टाघारीमा सामुहिक धान रोपाई गरिएको वैंकका अध्यक्ष मिना कोईरालाले बताउनुभयो ।
धान वालीमा जैविक विविधताको उपयोग , आयात प्रतिष्थापनमा सहयोग भन्ने नाराका साथमा मनाईएको दिवशमा नगरपालिकाका उपमेयर गिता खड्का , प्रमुख प्रशासकीय अधिकृत अनिल किराती , नगरका जनप्रतिनिधि तथा कर्मचारी लगायतको सहभागिता रहेको थियो ।


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो