#दुर्घटना

कटारी आउदै गरेको बस दुर्घटना हुदा एकको मृत्यु

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: June 23,2022


RatoParkhalकटारी आउदै गरेको बस दुर्घटना हुदा एकको मृत्यु

ईखबर असार ९ बिहिबार/विराटनगरबाट कटारी हुँदै दुधौली डकाहका लागि हिँडेको ५ ख १८९८ नम्वरको यात्रुवाहक बस अनियन्त्रित भएर सडकबाट २० फिट तल दुर्घटनामा परेर नाम खुल्न नसकेकी ५५ वर्षीया एक महिलाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।
दुर्घटनामा बसका सहचालक झापाको मेची नगरपालिकाका ३८ वर्षीय पदम बहादुर राई, सुनसरीको ईनरुवा नगरपालिका–१ की ३० वर्षीया रिकुं कुमारी यादव, सोही ठाउँका ३३ वर्षीय रविन खड्गा, बराहक्षेत्र नगरपालिका–५ का १८ वर्षीय निर्मल दाहाल घाइते भएका छन् ।
त्यस्तै, सप्तरीको कन्चनरुप नगरपालिका–३ का १८ वर्षीय आलोक कुमार सेख, वडा नम्वर ८ का १७ को बिबेककुमार साह, २ की २० वर्षीया अस्मना खातुन घाइते भएका छन् । मोरङको विराटनगर उपमहानगरपालिका–१३ की ३३ वर्षीया प्रमिला राई घाइते भएका हुन् ।
त्यस्तै, दुर्घटनामा परेर उदयपुरको कटारी नगरपालिका–३ का ७० वर्षीय मान बहादुर तामाङ, उनकी श्रीमती ६९ वर्षीया बिष्णु कुमारी तामाङ र सोही जिल्ला चौदन्डिगढी नगरपालिका–६ का ४० वर्षीय सिताराम रसाईली घाइते भएका छन् ।
घाइतेमध्ये मान बहादुर तामाङ दम्पति, आलोक र पदबहादुरको अवस्था गम्भीर रहेको प्रहरी नायव उपरीक्षक काफ्लेले बताए । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो