#सामाजिक

कटारीमा नेपाल कपडा तथा सिलाई व्यवसायी संघ गठन

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: June 14,2022


RatoParkhalकटारीमा नेपाल कपडा तथा सिलाई व्यवसायी संघ गठन

ईखबर जेठ ३१ मंगलबार/उदयपुरको कटारी नगरपालिकामा पनि नेपाल कपडा तथा सिलाई व्यवसायी संघ गठन भएको छ । एक कार्यक्रमको बिच संघको कार्यसमिति गठन गरिएको हो । नेपाल कपडा तथा सिलाई व्यवसायी संघ उदयपुरका अध्यक्ष ज्ञानु प्रधान लगायतको उपस्थितिमा कटारीको उदयपुर उद्योग बाणिज्य संघमा कार्यसमिति गठन गरिएको हो ।

कटारी नगर कार्यसमितिमा बाल कुमारी परियारको अध्यक्षमा ११ जना काय कार्यसमिति गठन भएको छ । कार्यसमितिमा अध्यक्ष बाल कुमारी परियार, उपाध्यक्षमा इस्लाम खान, सचिव रण बहादुर नेपाली, कोषाध्यक्ष, बेनुका कुमारी राई र सहसचिवमा जानुका वस्नेत रहेकी छिन् । यस्तैगरी सदस्यहरुमा लिला कुमारी मगर, देवी कुमार राना मगर, मुना परियार, इन्दीरा वस्नेत, राधा कटुवाल र चित्र बहादुर दमाई रहेका छन् ।


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो