ब्रेकिङ न्युज
प्रकाशित मिति: June 11,2022
ईखबर जेठ २८ शनिबार/उदयपुरको कटारी नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठ आफै कटारी बजारको फोहोर ब्यबस्थापन गर्ने ठाउँ खोज्न लागिपरेका छ्न । यो भन्दा पहिले कटारी बजारको फोहोर राजाबासमा फालिदै आएको थियो तर फोहोरको दुर्गन्धका कारण तेहाका स्थानीयलाई बस्न धेरै गारो भएकोले यो भन्दा अगाडीका जनप्रतिनिधिहरुलाई बारम्बार फोहोर अन्तै बेबस्थापन गर्न अनुरोध गरेको तर उहाँहरुले बेवास्ता गरेको स्थानीयको गुनासो छ । अहिले झन दुर्घन्ध फैलिएर गाउमा बसि नसक्नु भएको स्थानीय बताउछ्न । नयाँ जनप्रतिनिधि आएपछि भने स्थानीयलाई केहि आसा पलाएको छ । गाउलेको बर्शौ देखि को यो समस्या लाई बुझ्दै फोहोर ब्यबस्थापन गर्न कटारी नगरका मेयर राजेशचन्द्र श्रेष्ठ वडा नम्बर ३ का अध्यक्ष पुष्कर खड्का ४ का अध्यक्ष भुपेस तामाङ्ग समाजसेवी राजु मगर लगाएतले स्थलगत अनुगमन गर्नु भएको छ । मेयर श्रेष्ठले चाडै नै कटारी को फोहोर अन्तै बेबस्थापन गरिने बताउनु भएको छ ।