#सामाजिक

सप्तरीका मिटरब्याजी तेलीलाई पक्राउ गर्न प्रधानमन्त्री देउवाकाे निर्देशन

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: June 10,2022


RatoParkhalसप्तरीका मिटरब्याजी तेलीलाई पक्राउ गर्न प्रधानमन्त्री देउवाकाे निर्देशन

ईखबर जेठ २७ शुक्रबार/प्रधानमन्त्री शेरबहादुर देउवाले सप्तरीका मिटरब्याजी रामदेव तेलीलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन निर्देशन दिनुभएको छ । 

उहाँले आज शुक्रवार गृहमन्त्री बालकृष्ण खाणलाई मिटरब्याजी तेलीलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन निर्देशन दिनुभएको प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिनुभयो ।

तेलीले चर्को ब्याज लिएर जिल्लाका विपन्न सर्वसाधारणको शोषण गर्ने गरेको समाचार सार्वजनिक भएको थियो । 


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो