#राजनीति

कटारी नगरपालिकाको कार्यपालिकामा एमालेको दुई तिहाई बहुमत

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: June 4,2022


RatoParkhalकटारी नगरपालिकाको कार्यपालिकामा एमालेको दुई तिहाई बहुमत

ईखबर जेठ २१ शनिबार/कटारी नगरपालिकामा ८ जना कार्यापालिका सदस्यका लागि आज भएको निर्वाचिनमा ८ जना नै एमालेका उमेद्वार विजयी भएका छन् ।यो सँगै कटारी नगरपालिकाको कार्यपालिकामा एमालेले दुई तिहाई बहुमत पुराएको छ ।
निर्वाचन आयोग निर्वाचन अधिकृतको कार्यालय उदयपुरका अनुसार आज सम्पन्न निर्वाचनमा नगर कार्यपालिका महिला सदस्यमा निर्वाचित हुनेहरुमा एमालेका देवी कुमारी घिमिरे , भगवती अधिकारी , सम्झना मुरी मगर , गिताकुमारी गिरी र मेलिना श्रेष्ठ रहेका छन् ।
त्यसैगरी नगर कार्यापालिका दलित वा अल्पसंख्यक सदस्यमा निर्वाचित हुनेहरुमा एमालेका मञ्जुकुमारी राई दनुवार , हेमकुमारी विश्वकर्मा , र जितेन्द्र बराईली रहेका छन् ।
नगर कार्यपालिका कटारीमा प्रमुख , उपप्रमुख , १४ जना वडाध्यक्ष र ८ निर्वाचित सदस्य गरी २४ जना रहनेछन् । जसमा आज निर्वाचित सहित एमालेबाट १६ जना सदस्य पुगेका छन् । यो नगरकार्यपालिकामा बहुमत संख्या हो ।
नगरप्रमुख गुमाएको एमालेले कटारीमा उपप्रमुखमा गिता खड्का सहित ७ जना वडाध्यक्ष जिताएको छ । ८ निर्वाचित सदस्य , ७ वडाध्यक्ष र १ उपप्रमुख सहित कटारीको कार्यपालिकामा एमालेले बहुमत पुराउँदा , काँग्रेसबाट प्रमुख राजेशचन्द्र श्रेष्ठ , ३ वडाध्यक्ष गरी ४ जना रहेका छन् भने माओवादी केन्द्र र एकिकृत समाजवादीबाट एक एक वडाध्यक्ष रहेका छन् । त्यस्तै दुईजना स्वतन्त्र वडाध्यक्ष कार्यपालिकामा छन् ।  


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो