#सामाजिक

यामाहा अब नुमा अटो सेन्टर कटारीमा

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: June 3,2022


RatoParkhalयामाहा अब नुमा अटो सेन्टर कटारीमा

ईखबर जेठ २० शुक्रबार/कटारी नगरपालिका ४ सिम्लेमा यामाहा कम्पनी डिलर नुमा अटाे सेन्टरको उद्घाटन आज भएको छ। कार्यक्रमका प्रमुख अतिथी कटारीका प्रमुख राजेश चन्द्र श्रेष्ठ र आमन्त्रित त्रियुगा नगरपालिकाका प्रमुख वसन्त बस्नेत बाट भएको थियो। प्रमुख दाेयले शोरुमको द्वारमा रहेको रिबोन काटि र पानसमा बत्ति बाली उत्घाटन गर्नु भएको थियो। सेन्टरले बिगत १ बर्ष देखि सेवा सुबिधा दिदै आए पनि औपचारिक रुपमा भने कोरोना माहामारीका कारण उद्घाटन रोकिएको थियो।
नेपालमा हाल सम्म यामाहाका १०० वटा डिलर र ११० वटा शोरुम रहेका छन् जस्मध्य नुमा अटाे सेन्टरको आज भब्य रूपमा उद्घाटन भएको हो।
बाईक र्याली बाट सुरु भएको उद्घाटन कार्यक्रम औपचारिक रुपमा संचालन गरिएको थियो। सोरुमका प्रबन्ध निर्देशक अरुण राई र रुक्जा राई रहेका छन् ।


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो