#दुर्घटना

कटारीमा ११ मा चट्याङ लागि एक महिलाको मृत्यु

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: May 22,2022


RatoParkhal कटारीमा ११ मा चट्याङ लागि एक महिलाको मृत्यु

ईखबर जेठ ८ आइतबार/उदयपुर जिल्लाको कटारी नगरपालिका–११ गोठडाँडामा चट्याङले लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४५ बर्षीया भक्त कुमारी बुढाथोकी रहेकी छिन ।

आज बिहान ८ बजेको समयमा आफ्नै घरमा बसीरहेको अबस्थामा पानी सँगै परेको चट्याङ लागि सक्त घाईते भएकी थिईन । घाईतेलाई तत्काल उपचारको लागि कटारी अस्पताल ल्याएकोमा उनको उपचारको क्रममा १०:१५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो