#चुनाव बिशेष

कटारीको १३ र १४ मा एमालेको जीत

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: May 18,2022


RatoParkhalकटारीको १३ र १४ मा एमालेको जीत

उदयपुरको कटारी नगरपालिकामा नेकपा एमालेले  खाता खोलेको छ । कटारी नगरपालिका–१३ को वडाध्यक्ष पदमा नेकपा एमालेका उम्मेदवार शम्भु श्रेष्ठ र  वडा नम्बर १४को वडा अध्यक्ष पदमा मा नेकपा एमालेका नै अमर मगर विजयी भएका छन् ।
१३ का शम्भु श्रेष्ठले चार सय उनान्नब्बे मत प्राप्त गरी ८४ मतान्तरले उनका निकटतम प्रतिस्पर्धी गठबन्धनका नेकपा माओवादीका विवेक श्रेष्ठ लाई पराजित गर्दै विजयी भएका हुन् । 
विबेक श्रेष्ठले  चारसय पाँच मत प्राप्त गरेका थिए । यसै गरी वडा नम्बर १४ मा ५ सय ७२   मत प्राप्त गरी अमर मगर विजयी भएका छन् । अमर मगरले उनका निकटतम प्रतिस्पर्धी गठबन्धनका नेपाली कांग्रेसका उम्मेदवार ठाकुर मगरलाई २२ मत ले पराजित गर्दे विजयी भएका हुन्। ठाकुरले पाच सय ५१ मत प्राप्त गरेका छन् । 
 


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो