#दुर्घटना

उदयपुरको कटारी १० मा गोलि चल्यो, एकजनाको ज्यान गयो

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: May 13,2022


RatoParkhalउदयपुरको कटारी १० मा  गोलि चल्यो, एकजनाको ज्यान गयो

ईखबर बैशाख ३० शुक्रबार/उदयपुरको कटारी नगरपालिका १० मा रहेको कालिका माध्यमिक विद्यालयको मतदान केन्द्रमा गोली चलेको छ । शुक्रबार दिउँसो साँढे चार बजेतिर गोली चलेको उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले जानकारी दिए ।

उनले भने, ‘मतदानको अन्तिम समयमा गोली चलेको जानकारी आएको छ । कस्ले चलायो र किन चलायो केमा विवाद भयो  हामी बुझिरहेका छौँ । 

गोली लागेर स्वतन्त्र अध्यक्षका उम्मेदवार गौर बहादुर कटुवालको भतिज २२ वर्षिय नवीन कटुवालको मृत्यु भएको छ । घटना बारे थप विवरण आउन बाँकी रहेको छ ।


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो