#दुर्घटना

कटारी ८ मा करेन्ट लागेर एक महिलाको मृत्यु

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: May 11,2022


RatoParkhalकटारी ८ मा करेन्ट लागेर एक महिलाको मृत्यु

ईखबर बैशाख २८ बुधबार/उदयपुरको कटारी नगरपालिका वडा नम्बर ८ मा आज दिउँसो करेन्ट लागेर एकमहिलाको घटनास्थलमै जलेर मृत्यु भएको छ । घाँस काटेर आउँदै गरेको अवस्थामा कटारी ८ टोड्केपानी चौधकिलो खरबारीमा ६९ वर्षिय गंगामाया खत्रीको जलेर ज्यान गएको हो ।
पूर्ववडाध्यक्ष कमल श्रेष्ठका अनुसार घाँसबोकेर आउँदै गर्दा ११ हजार भोल्टको करेन्ट लागेर महिलाको कम्मरमुनी र टाउको जलेर खरानी भएको हो । उकालो बाटोमा हिंड्ने क्रममा बाटोको नजिकै रहेको पोलमा छोईएर करेन्ट लागेको हो ।
हावाले तार झरेर पोलमा करेन्ट लागेको हुन सक्ने श्रेष्ठले बताउनुभयो । ईलाका प्रहरी कार्यालय कटारीका प्रमुख डिएसपी मानबहादुर राईले घटनाको पुष्टि गर्दै प्रहरी टोली पुगेर अनुसन्धान सुरु गरेको जानकारी दिनुभयो ।
पूर्ववडाध्यक्ष श्रेष्ठका अनुसार स्थानीयले विद्युत प्राधिकरणको प्रमुख आएर प्रतिवद्धता जनाएपछी मात्रै शव उठाउने भन्दै शव उठाएका छैनन् । नेपाल विद्युत प्राधिकरण कटारी शाखाका प्रमुख सन्तोष कार्कीले टोली घटनास्थलमा हिनेको जानकारी गराउँदै ५ लाख क्षतिपूर्ति दिने व्यवस्था रहेको बताउनुभयो ।
कार्कीले माटोमा बाँधेको तारमा हावाले झारेको तारले छोईएर करेन्ट प्रवाह भएको हुन सक्ने बताउनुभयो । घटनास्थलमा पुगेपछी थप अनुसन्धानबाट थाहा हुने पनि प्रमुख कार्कीले जानकारी दिनुभयो ।

 


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो