#राजनीति

कटारीमा गएको जनप्रतिनिधिले गरेको भ्रष्टाचारको अन्त्य गर्दै शुसासनयुक्त नगरबनाउने गठबन्धनका मेयर उमेद्वार राजेशचन्द्र श्रेष्ठको दावी

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: May 10,2022


RatoParkhal कटारीमा गएको जनप्रतिनिधिले गरेको भ्रष्टाचारको अन्त्य गर्दै शुसासनयुक्त नगरबनाउने गठबन्धनका मेयर उमेद्वार राजेशचन्द्र श्रेष्ठको दावी

ईखबर बैशाख २७ मंगलबार/काँग्रेस माओवादीको वामगठबन्धनका कटारी नगरपालिकामा प्रमुख मेयर पदका उमेद्वार काँग्रेसका राजेशचन्द्र श्रेष्ठले आफ्ना प्रतिवद्धता विजयी भएर पुरा गर्ने दावी गर्नुभएको छ । सोमबार कटारीमा गठबन्धनको वृहत प्रदशर्नपछी भूगोलपार्कमा भएको कोणसभालाई सम्बोधन गर्दै श्रेष्ठले २०७४ को निर्वाचनपछी एमालेको जनप्रतिनिधि विजयी भएर कटारीमा पैmलिएको भ्रष्टाचारका वारेमा सवै नगरवासी प्रष्ट भएको बताउनुभयो ।
श्रेष्ठले ५ वर्षको अवधिमा एमालेको जनप्रतिनिधिले अनियमिता , कमिसन , भ्रष्टाचार , कार्यकर्तालाई भर्तिकेन्द्र बनाएको बताउनुभयो । उहाँले त्यसकारण पनि आउने निर्वाचनमा सक्षम , सवल , शुसासन युक्त नगर बनाउने प्रतिवद्धता पनि सार्वजनिक गर्नुभयो । ‘मेरो भनाईहरु रेकर्ड गरेर राख्नुभएको छ राख्नुस ’उहाँले थप्नुभयो –‘पुरा गर्न सकिन भने यो भिडियो देखाएर जुत्ताले हान्नुभएहुन्छ ।’
गएको ५ वर्षमा एमालेबाट निर्वाचित मेयरको पछी लाग्नेहरुको भ्रष्टाचार आर्थिक अनियमितका कारण आर्थिक अवस्था कायापलट भएको श्रेष्ठले आरोप लगाउनुभयो ।‘५वर्षअघि उहाँको पछी लाग्नेहरुको अहिलेको आर्थिक , सामाजिक हैसियत कहाँ पुग्यो देख्नुभएकै छ ।’तर नगरवासीहरुको भने अवस्था उस्तै रहेको उहाँको भनाई थियो ।
उहाँले आप्mनो प्रतिवद्धता पत्र अध्ययन गर्न पनि आग्रह गर्नुभयो । त्यसैगरी गष्ठबन्धनलाई विजयी गराउन उपमेयरका उमेद्वार माओवादी केन्द्रका विनोद कटुवाल दिवशलाई पनि मत दिन उहाँले आग्रह गर्नुभयो । ‘यो अवस्था ल्याउन उहाँको ठुलो योगदान छ ।’उहाँले भन्नुभयो –‘यो परिवर्तन ल्याउन उहाँको परिवारले शहिद हुनुपरेको छ त्यसैले उहाँलाई पनि विजयी गराउनुहोस ।’
उहाँले मेयर पद सेवाका लागि रहेको बताउनुभयो । उहाँले पैसाका लागि त व्यापार व्यवसाय गर्नुपर्ने बताउनुभयो । ५ वर्ष सेवा गरे वापत उहाँले पारिश्रमिक नलिने घोषणा गरिसकेको बताउनुभयो ।

 


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो