#राजनीति

दुधौलीमा एमालेको बलियो जनाधार,जित सुनिस्चित – लक्ष्मण कार्की ,दुधौलीमा मेयर पदका उमेद्वार , नेकपा एमाले

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: May 8,2022


RatoParkhalदुधौलीमा एमालेको बलियो जनाधार,जित सुनिस्चित – लक्ष्मण कार्की ,दुधौलीमा मेयर पदका उमेद्वार , नेकपा एमाले

ईखबर बैशाख २५ आइतबार/४० बर्ष देखि राजनीतिमा होमिएका लक्ष्मण कार्की यसपटक सिन्धुलीको दुधौली नगरपालिकाको नेकपा एमालेको तर्फ बाट मेयर पदका उमेदवार हुनुहुन्छ । तत्कालिन माले हुँदै नेकपा एमाले बाट बाम राजनीति सुरु गर्नुभएका कार्की दुधौली नगरमा सधै एमालेले जितेको हुनाले यसपटक पनि एमालेको जित सुनिश्चित रहेको बताउछन।
दुधौली नगर एमालेको गढ हो जुनसुकै गठबन्धनले कुनै असर नगर्ने कार्कीको भनाई छ ।‘जनाधार अरुमा भन्दा एमाले कै बढी छ यसकारण मेरो जित सुनिश्चित छ’ कार्कीले भन्नुभयो ‘ मलाइ भन्दा पनि जनतालाइ बिश्वास गर्छु सुशासन,समृद्धि र भ्रष्टाचार रहित नगर बनाउने मेरो दृढ संकल्प हो त्यसैले सबै जनताले भोट हालि अत्यधिक बहुमतले जिताउनु हुन्छ भनेर म बिस्वस्त छु ’
दुधौली नगर पालिकामा कार्की सहित गठबन्धन बाट माओवादी केन्द्रका दिनेश अधिकारी,नेपाली काङ्ग्रेस बिपिबाट गंगा प्रसाद गिरी , स्वतन्त्र बाट केदार गिरी र भरत दाहाल मेयर पदकालागी चुनाबी मैदानमा छन।अघिल्लो पटक घनश्याम राउतले एमालेबाटै दुधौलीको मेयरमा विजयी हासिल गनुृभएको थियो ।
यसपटक एमाले दुधौलीमा विरासत जोगाउने अभियानमा व्यस्त छ । उता गठबन्धन भने एमालेको विरासतको अन्त्य गर्दै आफ्नो नेतृत्व बनाउन व्यस्त छ ।


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो