ब्रेकिङ न्युज
प्रकाशित मिति: May 6,2022
ईखबर बैशाख २३ शुक्रबार/ ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका(५ स्थित सिद्धिचरण राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शुक्रवार दिउसो साढे १ बजे ओखलढुङ्गाको ठाडेबाट सदरमुकाम आउँदै गरेको ग। १ त ३१२९ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट १० मिटर तल खसेर दुर्घटना भएको हो ।
दुर्घटना हुँदा घाइते भएका ट्याक्टर चालक सिद्धिचरण नगरपालिका(७ बिगुटारका २२ वर्षीय प्रेम लाक्पा शेर्पाको मिसन अस्पताल ओखढुङगामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।
घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट थप अनुसन्धान भइरहेको बताइएको छ ।