#दुर्घटना

ओखलढुङ्गामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: May 6,2022


RatoParkhalओखलढुङ्गामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

ईखबर बैशाख २३ शुक्रबार/ ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका(५ स्थित सिद्धिचरण राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शुक्रवार दिउसो साढे १ बजे ओखलढुङ्गाको ठाडेबाट सदरमुकाम आउँदै गरेको ग। १ त ३१२९ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट १० मिटर तल खसेर दुर्घटना भएको हो ।

दुर्घटना हुँदा घाइते भएका ट्याक्टर चालक सिद्धिचरण नगरपालिका(७ बिगुटारका २२ वर्षीय प्रेम लाक्पा शेर्पाको मिसन अस्पताल ओखढुङगामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।

घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट थप अनुसन्धान भइरहेको बताइएको छ ।

 


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो