ब्रेकिङ न्युज
प्रकाशित मिति: May 5,2022
ईखबर बैशाख २२ बिहिबार/ओखलढुङ्गामा चट्याङ लागेर एक जनाको ज्यान गएको छ । जिल्लाको लिखु गाउँपालिका–८ टारकेराबारी बस्ने ४० वर्षीय देवबहादुर दर्जीको चट्याङ लागेर बुधवार ज्यान गएको हो ।
देवबहादुर र सोही ठाउँ बस्ने ४० वर्षीय मेघबहादुर दर्जी घर नजिकै रहेको चौतारामा बसिरहेको बेला चट्याङ लागेको थियो ।
चट्याङ लागेर घाइते भएका उनीहरूलाई उपचारको लागि तामाकोशी अस्पताल रामेछाप पठाइएकोमा उपचारको क्रममा देवबहादुरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइते भएका मेघबहादुरलाई भने थप उपचारको लागि ललितपुरस्थित पाटन अस्पताल रिफर गरिएको छ ।