#राजनीति

प्रदेश १ का १४ बागी उम्मेदवारमाथि माओवादीको कारबाही

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: May 3,2022


RatoParkhalप्रदेश १ का १४ बागी उम्मेदवारमाथि माओवादीको कारबाही

ईखबर बैशाख २० मंगलबार/प्रदेश नम्बर १ का १४ जना बागी उठेका उम्मेदवारमाथि नेकपा (माओवादी केन्द्र)ले कारबाही गरेको छ । स्थानीय तहको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरूद्ध बागी उम्मेदवारी दिएको भन्दै प्रदेश समितिले १४ जनालाई कारबाही गरेको हो ।
ती मध्ये केही तीन जनालाई कारबाहीका केन्द्रमा सिफारिस गरिएको छ भने बाँकीलाई प्रदेश समितिले नै निलम्बन गरेको छ । कारबाहीमा पर्नेहरुमा प्रदेश सदस्य भीमबहादुर अधिकारी, केपी बराल र यदु ढकाल छन् ।
त्यस्तै साबित्रा थापा, होमबहादुर राई, कमलध्वज राई, तिलक राई, भीमबहादुर राई, दुर्गा बुर्जा मगर, रामप्रसाद बराल र सन्तोष सुवेदीलाई प्रदेश समितिले नै निलम्बन गरेको छ ।


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो