#सामाजिक

उदयपुरको ताप्लीमा चट्याङको झिल्काबाट आगो लागी हुदाँ ६ लाख बराबरको क्षती

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: April 27,2022


RatoParkhalउदयपुरको ताप्लीमा चट्याङको झिल्काबाट आगो लागी हुदाँ ६ लाख बराबरको क्षती

ईखबर बैशाख १४ बुधबार/उदयपुरमा मंगलबार राती ७ बजे पानी सँगै आएको चट्टयाङले आगलागी भई घर जल्दा ६ लाख बराबरको क्षती भएको छ ।

जिल्लाको ताप्ली गाउँपालिका १ पिपलभञ्ज्याङका टङ्क बहादुर हमालको फुसको छानो,ढुङगा माटो र काठले बनेको टाँडे घरमा चट्याङको झिल्का आई सो झिल्काबाट आगो लागी हुदाँ सो रकम बराबरको क्षती भएको हो । हमालको घर भित्र रहेको सामानहरु अन्नपात,लत्ताकपडा,चाँदि,नगद र घर समेत पूर्ण रुपमा नष्ट भएका जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक सन्तोष आर्चायले बताउनुभयो ।


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो