#राजनीति

उदयपुरमा वैद्य माओवादी पनि चुनावमा सहभागी

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: April 26,2022


RatoParkhalउदयपुरमा वैद्य माओवादी पनि चुनावमा सहभागी

ईखबर बैशाख १३ मंगलबार/मोहन वैद्य नेतृन्व गरेको क्रान्तीकारी माओवादीले स्थानीय तहको निर्वाचन ०७९ वहिस्कार गर्ने निर्णय भएपनि उदयपुरमा भने यो पार्टी निर्वाचनमा सरिक भएको छ । क्रान्तीकारी माओवादीकी नेतृ अम्बीका कुमारी रेग्मीले त्रियुगा नगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएकी हुन् ।
जिल्ला पार्टीको निर्णयअनुसार माओवादीका केन्द्रीय सदस्य मोहनसिंह लामाले बताएका छन् । उनले उदयपुरमा पार्टीको स्थानीय चुनावलाई उपयोग गर्ने निति लिएको बताए । क्रन्तीकारी माओवादी नेतृ अम्बीका कुमारी रेग्मीलाई नेपाल कम्युनिष्ट पार्टी विप्लब समुहको सहयोग रहेको छ । नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सेक्रेटरी लक्ष्मण पौडेलले पार्टीले राष्ट्रिवादी, एम। सि।सि। विरोधी उम्मेदवारलाई सयोग गर्ने नीति बनाएको अम्बीका रेग्मीलाई सहयोग गरेको बताएका छन् ।


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो