ब्रेकिङ न्युज
प्रकाशित मिति: April 11,2022
ईखबर चैत २८ सोमबार/उदयपुरको कटारीमा एक व्यक्तिले चिर्पट दाउराले हानेर आफ्नै श्रीमतीको हत्या गरेका छन् । आज बिहान अन्दाजी ४ बजेको समयमा कटारी ५ खाडीखोपमा पोस्टराज दाहालले श्रीमतीमाथि चिर्पटले आक्रमण गरेका हुन् । बिहान शौचालय गएको बेला एक्कासि दाहालले ३७ वर्षीया श्रीमती नानीमाया दाहाल लाई चिर्पटले हानेर हत्या गरेको ईलाका प्रहरी कार्यालय कटारीका डिसपी मान बहादुर राईले जानकारी दिए । हत्यारा दाहाललाई पक्राउ गरि ज्यान मुद्दा अघि बढाई अनुसन्धान शुरू गरिएको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।