#अपराध

कटारीमा चिरपटले हानेर श्रीमानद्वारा श्रीमतिको हत्या ।

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: April 11,2022


RatoParkhalकटारीमा चिरपटले हानेर श्रीमानद्वारा श्रीमतिको हत्या ।


ईखबर चैत २८ सोमबार/उदयपुरको कटारीमा एक व्यक्तिले चिरपटले हानेर आफ्नै श्रीमतीको हत्या गरेका छन् । आज बिहान  अन्दाजी ४ बजेको समयमा कटारी ५ खाडीखोपमा  पोस्टराज दाहालले श्रीमतीमाथि चिरपटले आक्रमण गरेका हुन् ।  बिहान शौचालय गएको बेला एक्कासि  दाहालले ३७ वर्षीया श्रीमती नानीमाया दाहाल लाई चिरपटले हानेर हत्या गरेको ईलाका प्रहरी कार्यालय कटारीका डिसपी मान बहादुर राईले जानकारी दिए ।  हत्यारा दाहाललाई पक्राउ गरि ज्यान मुद्दा अघि बढाई अनुसन्धान शुरू गरिएको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो