#दुर्घटना

कटारी ४ मरुवाको बिजुले घुम्तीमा बोलेरो दुर्घटना १ जनाको मृत्यु

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: January 17,2022


RatoParkhalकटारी ४ मरुवाको बिजुले घुम्तीमा बोलेरो दुर्घटना १ जनाको मृत्यु

ईखबर माघ ३ सोमबार/उदयपुरको कटारी ४ मरुवा बिजुले घुम्तीमा बोलेरो पल्टिँएर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । कटारी बजारबाट आज दिउँसो ४:३० तिर कटारी ८ सिरिसेघुम्ती जाँदै गरेको बा १० च ४१८८ नम्बरको बोलेरो कटारी ४  मरुवा बिजुलेघुम्ति भन्ने ठाउँमा अनियंत्रित भएर पल्टिँदा एक जनाको घटना स्थलमै ज्यान गएको थियो । चालकले मादक पदार्थ सेवन गरि तिब्र गतिमा कुदाएर दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ । चालक भने फरार भएका छन् । दुर्घटनाबारे  थप जानकारी आउन बाकी छ ।       


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो