ब्रेकिङ न्युज


#सामाजिक

उदयपुरमा आजबाट जिल्ला प्रशासनले यी कुराहरुमा लगायो रोक

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: January 12,2022


RatoParkhalउदयपुरमा आजबाट  जिल्ला प्रशासनले यी कुराहरुमा लगायो रोक

ईखबर पुस २८ बुधबार/नयाँ भेरियन्टसहितको कोभिड–१९ संक्रमणको जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय उदयपुरले सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन नपाईने निर्णय गरेको छ । प्रशासनले बुधवारबाट जिल्ला भित्र २५ जना भन्दा बढी उपस्थित भएर सभा, जुलुस, सम्मेलन, प्रदर्शन, भेला, मेला, जात्रा, महोत्सव गर्न रोक लगाएको हो ।
गृह मन्त्रालयको निर्देशन अनुसार उदयपुर जिल्ला कोभिड–१९ व्यवस्थापन समितीको मंगलवार बसेको बैठकले यी विभिन्न कुराहरुमा रोक लगएको छ ।मन्त्रालयले पुष २६ गते एक सुचना प्रकाशन गर्दै २५ जना भन्दा बढी उपस्थित भएर गरिने सम्पूर्ण गतिविधीलाई प्रतिबन्ध गर्न स्थानीय प्रशासनलाई अधिकार दिएको थियो ।
माघ ७ गतेबाट सार्वजनिक स्थलहरु कार्यालय, होटेल, रेस्टुरेन्ट, सिनेमा हल, रंगशाला प्रवेश गर्दा र सार्वजनिक सेवा प्राप्त गर्दा कोभिड विरुद्धको खोप लगाएको कार्ड अनिर्वाय रहेको पनि प्रशासनको विज्ञाप्तीमा उल्लेख छ । अथवा कार्ड नबोकेको अवस्था मोवाईलमा फोटो भए पनि देखाउनु पने विज्ञाप्तीमा उल्लेख छ ।
 


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो