ब्रेकिङ न्युज


#सामाजिक

कोरोनाको जोखिम बढ्न थालेपछि माघ १५ सम्म विद्यालय बन्द गर्ने निर्णय

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: January 10,2022


RatoParkhalकोरोनाको जोखिम बढ्न थालेपछि माघ १५ सम्म विद्यालय बन्द गर्ने निर्णय

ईखबर पुस २६ सोमबार/पछिल्लो केहि दिन यता छिमेकी राष्ट्र भारमा कोरोना संक्रमणदर तीब्र रुपमा बढ्न थालेपछि नेपालमा पनि संक्रमण बढ्ने थालेको छ । संक्रमण बढ्दै गएपछि सरकारले देशभरका विद्यालय माघ १५ गतेसम्म बन्द गर्ने भएको छ । कोरोनाको जोखिम बढ्न थालेपछि आइतबार बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र ९सीसीएमसीसी० को बैठकले यस्तो निर्णय गरेको हो ।
सीसीएमसीसीको बैठकले माघ १५ गतेसम्म हिउँदे विदा दिएर देशभरका आधारभूत र माध्यमिक विद्यालय बन्द गर्न आग्रह गरेको छ । त्यस्तै अभिभावकहरुलाई पनि बालबालिका विद्यालय नपठाउन आग्रह गर्ने निर्णय गरेको प्रवक्ता सुनीता नेपालले जानकारी दिनुभयो ।
बैठकले विद्यालय बन्द रहेको अवस्थामा पनि १२ देखि १७ वर्षसम्मका विद्यार्थी र १८ वर्षदेखि माथिका शिक्षक, कर्मचारी र अभिभावकलाई खोप लगाउन पनि आग्रह गरेको छ ।


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो